BIZMANDU
www.bizmandu.com

नागरिकबाट चार खर्ब ऋण उठाउन अर्थमन्त्री वाग्लेलाई अनुमति, अर्को ४ बर्षमा ऋण दोब्बर पुग्ने

२०८३ असार ३०

नागरिकबाट चार खर्ब ऋण उठाउन अर्थमन्त्री वाग्लेलाई अनुमति, अर्को ४ बर्षमा ऋण दोब्बर पुग्ने
नागरिकबाट चार खर्ब ऋण उठाउन अर्थमन्त्री वाग्लेलाई अनुमति, अर्को ४ बर्षमा ऋण दोब्बर पुग्ने

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक ऋण उठाउन अनुमति पाएका छन्। उनले चार खर्ब १० अर्ब रुपैयाँ ऋण उठाउन अनुमति पाएका हुन्।

Tata
GBIME
Nepal Life

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार राष्ट्र ऋण उठाउने  विधेयक पारित गरेका छन्। यससँगै वाग्लेले आन्तरिक बजारबाट ४ खर्ब १० अर्ब रुपैयाँ उठाउन वैधानिकता पाएका छन्।

विपक्षीमा हुँदा ऋणको चर्को बिरोधी रहेका वाग्लेले बैदेशिक ऋण पनि उठाउन अनुमति पाएका छन्। राष्ट्रपतिले मंगलबार एकै दिन विनियोजन विधेयक २०८३, राष्ट्र ऋण उठाउने विधेयक २०८३ र आर्थिक विधेयक २०८३ स्वीकृत गरेका छन्।

वाग्लेले कुल बजेट २१ खर्ब २४ अर्बको ३३ प्रतिशत स्रोत ऋणबाट जुटाउने प्रस्ताव गरेका छन्। अहिले देशको कुल ऋण ३० खर्ब रुपैयाँ छ। ५ वर्षको म्यान्डेट लिएर आएको सरकारले आगामी बजेटमा प्रस्ताव गरेको ६ खर्ब ५७ अर्बका दरले ऋण लिने हो भने साढे चार वर्षमै अर्को ३० खर्ब ऋण थपिने छ।