BIZMANDU
www.bizmandu.com

जागिर जाने भएपछि करारका कर्मचारी उत्रिए विरोधमा, करार अवधि थप गर्न दबाब

२०८३ असार ३०

जागिर जाने भएपछि करारका कर्मचारी उत्रिए विरोधमा, करार अवधि थप गर्न दबाब
जागिर जाने भएपछि करारका कर्मचारी उत्रिए विरोधमा, करार अवधि थप गर्न दबाब


काठमाडौं। सरकारले करार थप नगर्ने भएपछि कर्मचारीहरू विरोधमा उत्रिएका छन्। विभिन्न मन्त्रालय मातहत करारमा कार्यरत कर्मचारीले मंगलबार अर्थ मन्त्रालय पुगेर प्रदर्शन गरेका छन्।

Tata
GBIME
Nepal Life

आफूहरुलाई हटाएर सरकारले आउटसोर्सिङमार्फत भर्ना गर्ने तयारी गरेको भन्दै करारका कर्मचारीले प्रदर्शन गरेका हुन्। सरकारले साउन १ देखि करार नथप्ने यसअघि नै बताइसकेको छ।

संघीय मामिला मन्त्रालयका अनुसार करार कर्मचारीको यकिन तथ्यांक छैन। मन्त्रालयका उपसचिव विवेक घिमिरेले सम्बन्धित कार्यालय र विभागले नियुक्ति गर्ने भएकाले तथ्यांक नहुने बताए।

संघ सरकार मातहत हाल ५१ हजार ९०० दरबन्दी रहेकामा ४१ हजार ५०० कार्यरत छन्। मन्त्रालयहरुले पदपूर्ति नभएका दरबन्दी तथा कम्प्युटर, चालकलगायत पदमा करारमा कर्मचारी भर्ना गर्दै आएका छन्।

विभिन्न मन्त्रालयदेखि केन्द्रीय निकाय र मातहतका कार्यालय तथा सार्वजनिक संस्थानहरुमा करिब १४ हजार कर्मचारी करारमा कार्यरत रहेको सरकारको अनुमान छ।