BIZMANDU
www.bizmandu.com

वर्षामा सुरक्षितरुपमा सवारी आवागमनको व्यवस्था मिलाउन सरकारलाई सभामुखको रुलिङ

२०८३ असार ३०

वर्षामा सुरक्षितरुपमा सवारी आवागमनको व्यवस्था मिलाउन सरकारलाई सभामुखको रुलिङ
डीपी आर्याल


काठमाडौं। सभामुख डीपी अर्यालले वर्षाको समयमा सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन सरकारलाई रुलिङ गरेका छन्।

Tata
GBIME
Nepal Life

उनले मंगलबार प्रतिनिधि सभाको बैठकमा विपदजन्य घटनाका कारण हुनसक्ने मानवीय एव् भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारीरुपमा विपद्को पूर्वतयारी गर्न तथा सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन रुलिङ गरेका हुन्।

‘यसवर्ष मनसुन सुरु भइ बाढी, पहिरो तथा डुबानजस्ता विपदजन्य घटना बढ्न थालेका छन्। यस्ता विपदजन्य घटनाका कारण हुनसक्ने मानवीय एव् भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारीरुपमा विपद्‍को पूर्वतयारी, राहत तथा उद्धार एवं सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउँछु,’ उनले भने।