काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलससँग उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भेटवार्ता गरेका छन्।
उपराष्ट्रपति यादवले मंगलबार शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई आफूले गर्न लागेको कतार भ्रमणबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
उपराष्ट्रपति यादव मंगलबार कतार जाँदैछन्। उनी कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपालका तर्फबाट शोक व्यक्त गर्नका लागि जान लागेका हुन्।
उपराष्ट्रपति यादवले कतारका अमिर शेख तमिम बिन हमद अल थानीलाई राष्ट्रपति पौडेलका तर्फबाट शोक सन्देश दिनेछन्।