BIZMANDU
www.bizmandu.com

सेयर लगानीकर्ता ‘क्यापिटल मार्केट रेस्क्यु प्लान’ माग्दै सेबोनमा, अध्यक्ष भट्ट अर्थमन्त्रीसँग छलफलमा

२०८३ असार ३०

काठमाडौं। सेयर बजारमा पहिरो नरोकिएपछि लगानीकर्ताहरु गुहार माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) पुगेका छन्।

Vigo
GBIME
Tata

उनीहरु नयाँ सरकार बनेयता नेप्से निरन्तर ओरालो लागेको भन्दै कन्फिडेन्स बढाउने कार्यक्रम ल्याउन माग गर्दै सेबोन पुगेका हुन्। ‘क्यापिटल मार्केट रेस्क्यु प्लान’ ल्याउनुपर्ने लगानीकर्ताको माग छ।

लगानीकर्तातालाई सेबोनभित्र प्रवेश गर्न दिइएको छैन। उनीहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले कार्यालयको गेटमा रोकेको छ।

सेबोनका अध्यक्ष डा. गोपाल भट्टले लगानीकर्तालाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग कुरा गरेर केही माग आजै सम्बोधन गर्ने आश्वासन दिएका छन्। भट्टले आफू अर्थमन्त्रीलाई भेट्न सिंहदरबारमा रहेको जानकारी दिएको एक लगानीकर्ताले बताए।