BIZMANDU
www.bizmandu.com

राष्ट्र बैंकले निष्कासन गर्‍यो १५ अर्बको ऋणपत्र, बैंक तथा वित्तीय संस्थासँग माग्यो प्रस्ताव

२०८३ असार ३०

राष्ट्र बैंकले निष्कासन गर्‍यो १५ अर्बको ऋणपत्र, बैंक तथा वित्तीय संस्थासँग माग्यो प्रस्ताव
राष्ट्र बैंकले निष्कासन गर्‍यो १५ अर्बको ऋणपत्र, बैंक तथा वित्तीय संस्थासँग माग्यो प्रस्ताव

काठमाडौं। नेपाल राष्ट्र बैंकले १५ अर्बको ऋणपत्र निष्कासन गरेको छ। राष्ट्र बैंकले मंगलबार १ वर्ष अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘ज’ निष्कासन गरेको हो।

Vigo
GBIME
Tata

पछिल्लो दुई सातामा १ खर्ब ७५ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गरिसकेको राष्ट्र बैंकले मंगलबार एक वर्ष अवधिका लागि १५ अर्ब रुपैयाँको ऋणपत्र बिक्रीमा ल्याएको हो। ऋणपत्रका लागि बैंक तथा वित्तीय संस्थाहरूले सोमबार ३ बजेभित्र बोलकबोलमार्फत आवेदन दिन सक्ने छन् ।

ऋणपत्रमा न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिनेछ।