BIZMANDU
www.bizmandu.com

नेपालीलाई विदेशमा लगानी गर्न खुला गरिने कानुन तयार, विदेशीलाई पनि नेपाली सेयर बजार भित्र्याइने

२०८३ असार ३०

नेपालीलाई विदेशमा लगानी गर्न खुला गरिने कानुन तयार, विदेशीलाई पनि नेपाली सेयर बजार भित्र्याइने
नेपालीलाई विदेशमा लगानी गर्न खुला गरिने कानुन तयार, विदेशीलाई पनि नेपाली सेयर बजार भित्र्याइने


काठमाडौ। सरकारले नेपालीहरुलाई पनि विदेशमा लगानी गर्न दिने गरी कानुन संशोधन गर्ने भएको छ। विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ र विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन २०२१ एकै साथ संशोधन गरेर सरकारले नेपालीलाई पनि विदेशमा लगानी गर्न खुला गर्न लागेको हो।

Tata
GBIME
Nepal Life

अर्थ मन्त्रालयले विधेयकको मस्यौदा राय सुझावका लागि सोमबार वेबसाइटमा राखेको छ। १५ दिनभित्र सुझाव दिन सकिने मन्त्रालयले जनाएको छ।

विधेयकको दफा २५ मा विदेशमा गरिने लगानी सम्बन्धी व्यवस्था गरिएको छ। सरकारले नेपालीलाई सरकारले तोकिएको क्षेत्रमा विदेशमा पनि लगानी गर्न दिने उल्लेख गरेको छ।

विदेशमा लगानी गर्न पाउने गरी नेपाल राजपत्रमा सूचना प्रकाशित गरी छुट दिएका क्षेत्र, कम्पनी वा प्रतिष्ठानमा लगानी गर्न पाइन्छ। नेपालीले विदेशी कम्पनीको सेयर लिन पाउने छन्। त्यहाँबाट आर्जित नाफा तथा लाभांश नेपाल ल्याउनु पर्ने वाध्यात्मक व्यवस्था हटाइएको छ।

विदेशमा लगानी गर्न चाहनेलाई राष्ट्र बैंकले विदेशी विनिमयको सटही सुविधा उपलब्ध गराउने छ। सटही सुविधाको सर्त भने राष्ट्र बैंकले तोक्ने छ।

पैसा फिर्ता लैजान सहज

सुरु मस्यौदा नेपाल राष्ट्र बैंकले गरेको विधेयकमा थप परिमार्जन सहित अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ। सरकारले विदेशी लगानी फिर्ता लैजानलाई थप सहज हुने व्यवस्था गरेको छ।

नेपालमा गरेको लगानीबापत प्राप्त हुने रकम राष्ट्र बैंकले तोकेको प्रकृया पुरा गरेर लैजान सकिन्छ। सेयर बजारमा गरेको लगानी बिक्री बापत प्राप्त रकम, लगानी बापतको लाभांश वा मुनाफा लैजान सकिने भएको छ।

यो व्यवस्थासँगै सरकारले विदेशी नागरिकलाई पनि नेपाली सेयर बजारमा लगानी गर्न खुला गरेको देखिन्छ। गैरआवासीय नेपालीलाई मात्र नेपालको सेयर बजारमा लगानी खुला गर्ने बजेटले उल्लेख गरेभन्दा बढी विधेयकले विदेशी नागरिकलाई नै सेयर बजारमा भित्र्याउने बाटो खुला गरिदिएको हो।

नेपालमा रहेको उद्योग वा कम्पनी लिक्विडेसन गरेर पनि पैसा लैजान मिल्ने भएको छ।