BIZMANDU
www.bizmandu.com

वित्तीय कारोबारमा बालबालिकालाई राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न राष्ट्र बैंकलाई विभागको पत्राचार

२०८३ असार २९

वित्तीय कारोबारमा बालबालिकालाई राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न राष्ट्र बैंकलाई विभागको पत्राचार
वित्तीय कारोबारमा बालबालिकालाई राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न राष्ट्र बैंकलाई विभागको पत्राचार

काठमाडौं। राष्ट्रिय परिचयपत्र तथा पुञ्जीकरण विभागले बैंक तथा वित्तीय संस्थाको सेवा र शेयर कारोबारमा बालबालिकालाई राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न बैंक तथा वित्तीयलाई सहजीकरण गर्न नेपाल राष्ट्र बैंकलाई परिपत्र गरेको छ।

Tata
GBIME
Nepal Life

विभागले बालबालिकाको जन्मदर्ताको क्रममा राष्ट्रिय परिचय नम्बरसहितको प्रमाणपत्र जारी शुरू गरिएको भए पनि सबै बालबालिकाले नम्बर प्राप्त नगरेको र नावालक परिचयपत्र जारी कार्य हाल कार्यान्वयनमा नरहेको भन्दै विभागले परिपत्र गरेको हो।

परिपत्रमा भनिएको छ, ‘…बैंक तथा वित्तीय संस्थाहरूले माथि उल्लिखित सेवाहरू तथा शेयर कारोबारका सन्दर्भमा बालबालिकाको राष्ट्रिय परिचय नम्बर अनिवार्य माग गरेको भनी यस विभागमा गुनासो प्राप्त भएकोले सो सम्बन्धमा तहाँ बैंकमार्फत सबै बैंक तथा वित्तीय संस्थाहरूमा आवश्यक सहजीकरण गरिदिनुहुन निर्णयानुसार अनुरोध छ।’

परिचयपत्र अनिवार्यको गुनासो बढेको भन्दै विभागले बैंक तथा वित्तीय संस्थालाई सहजीकरणका लागि परिपत्र गरेको हो। विभागले पत्रको जानकारी नेपाल धितोपत्र बोर्डलाई पनि गराएको छ।