BIZMANDU
www.bizmandu.com

सञ्चार गृहमा भएको पार्किङ आतंकलाई कांग्रेसले भन्यो, ‘नागरिक स्वतन्त्रतामाथिको प्रहार, कारबाहीको माग’

२०८३ असार २९

सञ्चार गृहमा भएको पार्किङ आतंकलाई कांग्रेसले भन्यो, ‘नागरिक स्वतन्त्रतामाथिको प्रहार, कारबाहीको माग’
सञ्चार गृहमा भएको पार्किङ आतंकलाई कांग्रेसले भन्यो, ‘नागरिक स्वतन्त्रतामाथिको प्रहार, कारबाहीको माग’


काठमाडौं। नेपाली कांग्रेसले पार्टी सभापति गगनकुमार थापा तथा सञ्चार गृहलक्षित गाडी पार्किङ आतंकको भत्सना गरेको छ। महामन्त्री प्रदीप पौडेलले विज्ञप्ति जारी गर्दै घटनालाई लोकतान्त्रिक मूल्य, विधिको शासन तथा नागरिक स्वतन्त्रतामाथिको प्रहार भनेका छन्।

Tata
GBIME
Nepal Life

पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो घटनालाई नेपाली कांग्रेसले स्वतन्त्र अभिव्यक्ति र लोकतान्त्रिक गतिविधिलाई त्रसित बनाउने कुत्सित मनसायबाट प्रेरित नियोजित घटनाको रुपमा लिएको छ। यस्तो प्रवृत्ति लोकतान्त्रिक मूल्य, विधिको शासन तथा नागरिक स्वतन्त्रता माथिको गम्भीर प्रहार हो भन्ने नेपाली कांग्रेसको ठहर छ।’

कांग्रेसले घटनाको छानबिन र दोषीमाथि कानुन बमोजिम कारबाहीको माग समेत गरेको छ।

लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिक अधिकारको संरक्षणका लागि सम्पूर्ण लोकतन्त्रवादी शक्ति, सञ्चारजगत्, नागरिक समाज तथा आम नागरिकलाई यस्ता अलोकतान्त्रिक गतिविधिविरुद्ध एकजुट भई प्रतिवाद गर्न पनि नेपालीले अपिल गरेको छ।

सोमबार कान्तिपुर, अनलाइनखबर, हिमालय टेलिभिजनलगायतका सञ्चार संस्थाको गेटमा सवारीसाधन पार्किङ गरिएका थिए। यस्तै कांग्रेस सभापति थापाको निवासको गेटमा पनि गाडी पार्किङ गरिएको थियो।