BIZMANDU
www.bizmandu.com

राजस्व सचिवको दरबन्दी कटौतीपछि अर्थमन्त्रीले अर्याललाई नियुक्त गरे राजस्व सल्लाहकार

२०८३ असार २९

राजस्व सचिवको दरबन्दी कटौतीपछि अर्थमन्त्रीले अर्याललाई नियुक्त गरे राजस्व सल्लाहकार
राजस्व सचिवको दरबन्दी कटौतीपछि अर्थमन्त्रीले अर्याललाई नियुक्त गरे राजस्व सल्लाहकार

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एफसीए भोजन अर्याललाई राजस्व सल्लाहकार नियुक्त गरेका छन्।

Tata
GBIME
Nepal Life

मन्त्रिपरिषद्ले मन्त्रालयबाट राजस्व सचिवको दरबन्दी कटौती गरेको एक महिनापछि सोमबार मन्त्री वाग्लेले अर्याललाई राजस्व सल्लाहकार नियुक्त गरेका हुन्।

स्याङ्जाका अर्याल १५ वर्षदेखि लेखापरीक्षण सेवा तथा परामर्शदाताका रूपमा सक्रिय छन्।

वाग्लेले अर्याललाई राजस्व क्षेत्र हेर्ने गरी अवैतनिक सल्लाहकार नियुक्त गरेको उनको सचिवालयले जनाएको छ।

अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्ष १५ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य पूरा गर्न अर्यालको विज्ञता र दक्षताले सहयोग पुग्ने अपेक्षा गरेको बताए। अर्यालले आफ्नो दक्षता एवं अनुभवको माध्यमबाट नतिजा देखाउने प्रतिबद्धता जनाए।