BIZMANDU
www.bizmandu.com

विदेशी विनिमय सञ्चिति ४०.३ प्रतिशतले वृद्धि, पुग्यो ३७.५५ खर्ब, चालु खाता ८०२ अर्ब बचतमा

२०८३ असार २९

विदेशी विनिमय सञ्चिति ४०.३ प्रतिशतले वृद्धि, पुग्यो ३७.५५ खर्ब, चालु खाता ८०२ अर्ब बचतमा
विदेशी विनिमय सञ्चिति ४०.३ प्रतिशतले वृद्धि, पुग्यो ३७.५५ खर्ब, चालु खाता ८०२ अर्ब बचतमा

काठमाडौं। विदेशी विनिमय सञ्चिति ११ महिनामा ४०.३ प्रतिशतले बढेको छ।

Vigo
GBIME
Tata

पोहोर असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति चालु वर्षको जेठ मसान्तमा आइपुग्दा बढेर ३७ खर्ब ५५ अर्ब ६४ करोड रुपैयाँ बराबर पुगेको छ।

यो सञ्चिति १९.१ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु खाता ८०२ अर्ब ६ करोड र शोधनान्तर स्थिति ९२६ अर्ब ६ करोड रुपैयाँ बचतमा छ।

पोहोर जेठ मसान्तमा शोधनान्तर स्थिति ४९१ अर्ब ४४ करोड र चालु खाता ३२१ अर्ब ७४ करोड बचतमा थियो।