BIZMANDU
www.bizmandu.com

सवारी चालक लाइसेन्सको सर्भर आंशिकरुपमा सञ्चालन, तीनवटा कार्यालयमा परीक्षण

२०८३ असार २९

सवारी चालक लाइसेन्सको सर्भर आंशिकरुपमा सञ्चालन, तीनवटा कार्यालयमा परीक्षण
सवारी चालक लाइसेन्सको सर्भर आंशिकरुपमा सञ्चालन, तीनवटा कार्यालयमा परीक्षण

काठमाडौं। सवारी चालक लाइसेन्सको सर्भर आंशिकरुपमा संचालनमा आएको छ।

Tata
GBIME
Nepal Life

यातायात व्यवस्था विभागका अनुसार शुक्रबारदेखि ठप्प भएको सर्भर केही यातायात कार्यलयमा सोमबार साँझबाट आंशिकरुपमा संचालनमा आएको हो।

‘अहिले सर्भर संचालनमा आउन थालेको छ। कार्यालयहरु बन्द भएकाले सबैमा चले/नचलेको यकिन भएको छैन। हामीले अहिले राधेराधे, जनकपुर र एकान्तकुना कार्यालयमा परीक्षण गरिरहेका छौं,’ विभागका निर्देशक केशव खतिवडाले भने।

खतिवडाका अनुसार ओभर लोड धान्न नसक्दा सर्भरमा समस्या आएको थियो। सर्भरले अहिले देशभर दैनिक १० हजार लाइसेन्सको काम गर्न सक्छ। तर आर्थिक वर्ष सकिन लागेको र बजेटमार्फत करको दर बढेकाले यातायात कार्यालयमा नवीकरण र अन्य कामका लागि सेवाग्राहीको आउनेको चाप बढेको छ।