BIZMANDU
www.bizmandu.com

गगन थापाको घर सोधे अनि गाडी छाडेर हिँडे, प्रहरी मूकदर्शक बन्दा सास्ती जनतालाई

२०८३ असार २९

गगन थापाको घर सोधे अनि गाडी छाडेर हिँडे, प्रहरी मूकदर्शक बन्दा सास्ती जनतालाई
गगन थापाको घर सोधे अनि गाडी छाडेर हिँडे, प्रहरी मूकदर्शक बन्दा सास्ती जनतालाई


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको निवास बाहिर पनि आज बिहानदेखि गाडी रोकेर राखिएको छ।

Vigo
GBIME
Tata

काठमाडौंको रातोपुलस्थित अग्नि टोलमा रहेको उनको घर भित्र प्रवेश गर्ने बाटोमै कालो रंगको गाडी रोकेर राखिएको हो। बिहानैदेखि गाडी राखिए पनि अहिलेसम्म हटाइएको छैन।

गाडी छाडेर गएका व्यक्तिले स्थानीयलाई गगनको घर कहाँ हो भनेर सोधेका थिए। समूहमा आएका व्यक्तिहरुले त्यसपछि गाडी छाडेर गएको थियो।

स्थानीयले गाडी छाडेर नजाउ भन्दा पनि उनीहरुले कार त्यहीँ छाडेर गएका थिए। टोल प्रवेश गर्ने बाटोमा नै गाडी राख्दा बाहिरिनुपर्ने जनतालाई सकस परेको छ।

बिहानैदेखि गाडी बाटोमा हुँदा पनि प्रहरी र ट्राफिक भने मूकदर्शक बनेका छन्। उनीहरुले गाडी हटाउन सुरसार गरेका छैनन्।

आज बिहान मिडियाका गेटहरुमा पनि यसरी नै गाडी पार्क गरिएको थियो। ट्राफिकले सुरुमा गाडी हटाउन बेवास्ता गरे पनि पछि संचारमाध्यममा समाचार आउन थाले पछि हटाइएको थियो।