BIZMANDU
www.bizmandu.com

हेटौंडा कपडा उद्योग चलाउन नेपाली सेनालाई अर्थ मन्त्रालयले दियो ३३ लाख

२०८३ असार २९

हेटौंडा कपडा उद्योग चलाउन नेपाली सेनालाई अर्थ मन्त्रालयले दियो ३३ लाख
हेटौंडा औद्यागिक क्षेत्रभित्र रहेको हेटौंडा कपडा उद्योगको भवन। तस्बिर : वासुदेव पौडेल/रासस


काठमाडौं। अर्थ मन्त्रालयले हेटौंडा कपडा उद्योग सञ्चालनका लागि ३३ लाख रुपैयाँ निकासा गरेको छ। उद्योग मन्त्रालयको सिफारिसमा नेपाली सेनालाई असार १८ गते ३३ लाख निकासा गरिएको अर्थ मन्त्रालय स्रोतले बताएको छ।

Tata
GBIME
Nepal Life

‘हामीले अहिले ३३ लाख निकासा गरेका छौं। पछि के गर्ने कुनै निर्णय भएको छैन। बाँकी सायद सेनाले आफैं लगानी गर्छ होला,’ मन्त्रालय स्रोतले भन्यो।

हेटौंडा कपडा उद्योग सेनाको व्यवस्थापनमा सञ्चालन गर्ने तयारी अगाडि बढाइएको छ। पहिलो चरणमा सेनाका लागि आवश्यक कपडा उत्पादन गर्ने योजना छ। प्रधानमन्त्री कार्यालयको सक्रियतामा उद्योग चलाउन विभिन्न चरणमा छलफलसमेत भएका छन्।

स्रोतका अनुसार सेनाले तत्काल २ अर्ब जति लगानी गर्न सकिने जानकारी उद्योग र अर्थ मन्त्रालयलाई गराएको छ।

अहिले सरकारले चलाइरहेका १६ वटा संस्थान उच्च घाटामा छन्। नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी जस्ता बजारमा पूर्ण एकाधिकार कायम रहेका संस्थानमात्रै नाफामा छन्।