BIZMANDU
www.bizmandu.com

टाइम फर्मास्युटिकल्सको कटअफ मूल्य ५०० रुपैयाँ, सर्वसाधारणले कतिमा पाउँछन् आइपीओ?

२०८३ असार २९

टाइम फर्मास्युटिकल्सको कटअफ मूल्य ५०० रुपैयाँ, सर्वसाधारणले कतिमा पाउँछन् आइपीओ?
टाइम फर्मास्युटिकल्सको कटअफ मूल्य ५०० रुपैयाँ, सर्वसाधारणले कतिमा पाउँछन् आइपीओ?


काठमाडौं। बुक बिल्डिङमार्फत आइपीओ निष्कासन गर्न लागेको टाइम फर्मास्युटिकल्सको कटअफ मूल्य प्रति कित्ता ५०० रुपैयाँ तय भएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले नेपाल स्टक एक्सचेन्जमा संस्थागत लगानीकर्तालाई सेयर खरिदका लागि माग गरेको आशयपत्रको सिलबन्दी खोलिएपछि कटअफ मूल्य ५०० रुपैयाँ कायम भएको हो।

नेप्से स्रोतका अनुसार सोमबार ४४ वटा संस्थागत लगानीकर्ताले सेयर खरिदका लागि आशयपत्र पेस गरेका थिए।

कम्पनीले कुल निष्कासनमध्ये ४० प्रतिशतले हुन आउने ४ लाख ३४ हजार ६०० कित्ता सेयर संस्थागत लगानीकर्तामाझ बिक्री गरेको हो।

संस्थागत लगानीकर्तालाई असार २२ गतेदेखि २६ गतेसम्म सेयर खरिदका लागि आशयपत्र मागिएको थियो।

फर्मास्युटिकल्सले योग्य संस्थागत लगानीकर्तामा सेयर बिक्री गरेर आशय मूल्य तय गरेपछि अब सर्वसाधारणमा निष्कासनको प्रक्रिया अगाडि बढाउन नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिनेछ।

सेबोनबाट अनुमति पाएपछि कम्पनीले संस्थागत लगानीकर्ताबाट कायम कटअफ मूल्यको १० प्रतिशत घटाएर सर्वसाधारणमा सेयर बिक्री गर्नेछ। यस अनुसार कम्पनीको आइपीओ सर्वसाधारणले प्रति कित्ता ४५० रुपैयाँमा पाउनेछन्।

बुक बिल्डिङको आइपीओमा न्यूनतम् ५० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्छ।

टाइम फर्मास्युटिकल्सले जारी पुँजी ५३ कराेड रूपैयाँकाे २०.५० प्रतिशतले हुन आउने कुल १० कराेड ८६ लाख ५० हजार रूपैयाँ बराबरकाे १० लाख ८६ हजार ५०० कित्ता सेयर बिक्री गर्न लागेकाे हाे।

संस्थागत लगानीकर्तामा बाेलकबाेलमार्फत निर्धारित मूल्यकाे १० प्रतिशत घटाएर ६० प्रतिशतले हुन आउने ६ लाख ५१ हजार ९०० कित्ता सर्वसाधारणमा बिक्रीका लागि छुट्याइएको छ।

आर्थिक वर्ष २०८२/८३ चैतसम्म कम्पनीकाे प्रति सेयर नेटवर्थ १६७.५१ रूपैयाँ छ। याे अवधिमा कम्पनीकाे प्रति सेयर आम्दानी १०.२३ रूपैयाँ र सञ्चित नाफा २२ कराेड ८२ लाख रूपैयाँ रहेकाे विवरण पत्रमा उल्लेख छ।

नवलपरासीकाे गैंडाकाेटमा फ्याक्ट्री रहेकाे कम्पनीले २०० भन्दा बढी प्रकारका औषधि उत्पादन गर्दै आएको छ। २०५२ मा स्थापना भएकाे कम्पनी नेप्सेमा उत्पादन तथा प्रशाेधन क्षेत्रमा सूचीकृत हुनेछ।

कम्पनीले चीन, भारत लगायत देशमा औषधि निर्यात समेत गर्दै आएको छ। कम्पनीकाे सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ छ।