BIZMANDU
www.bizmandu.com

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य, शैक्षिक र सामाजिक संस्थालाई आवश्यक सामग्री हस्तान्तरण

२०८३ असार २९

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य, शैक्षिक र सामाजिक संस्थालाई आवश्यक सामग्री हस्तान्तरण
मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य, शैक्षिक र सामाजिक संस्थालाई आवश्यक सामग्री हस्तान्तरण


काठमाडौं। मुक्तिनाथ विकास बैंकले स्वास्थ्य सेवा, स्वच्छ खानेपानी र सामुदायिक कल्याण प्रवर्धन गर्ने उद्देश्यका साथ विभिन्न स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामाजिक संस्था तथा स्थानीय तहलाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले देशका विभिन्न जिल्लामा रहेका अस्पताल, स्वास्थ्य चौकी र स्थानीय तहमार्फत आवश्यकतामा रहेका नागरिकलाई सहयोग पुर्‍याउने लक्ष्यसहित २६ वटा ह्विलचेयर वितरण गरेको हो।

बैंकका अनुसार सल्यान जिल्ला अस्पताललाई १० वटा, त्रिवेणी गाउँपालिकाअन्तर्गत त्रिवेणी स्वास्थ्य चौकीलाई ३ वटा, मोरङको रंगेली अस्पताललाई १० वटा तथा ओमसतिया गाउँपालिका १ नम्बर वडा कार्यालयमार्फत शारीरिक रूपमा फरक क्षमता भएका र आवश्यकता भएका व्यक्तिका लागि ३ वटा ह्विलचेयर उपलब्ध गराइएको बैंकले जनाएको छ।

त्यसैगरी, बैंकले पथरी नगर अस्पताललाई ४ थान ३ सिटे कुर्सी हस्तान्तरण गरेको छ। मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरलाई ३ वटा विद्युतीय पानी डिस्पेन्सर उपलब्ध गराइएको छ।

त्यस्तै, सल्यानस्थित जनकल्याण आधारभूत विद्यालयलाई ४ वटा वाटर प्युरिफायर पनि प्रदान गरिएको छ।

बैंकले स्वास्थ्य सेवा, शिक्षा र सामाजिक समावेशीतालाई आफ्नो सामाजिक उत्तरदायित्वको प्रमुख प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तर अघि बढाउँदै आएको जनाएको छ।