BIZMANDU
www.bizmandu.com

दाबी भुक्तानी नदिने बीमकविरुद्ध प्राधिकरणले माग्यो उजुरी, अनुचित लाभ लिएको पाइए कारबाही

२०८३ असार २९

दाबी भुक्तानी नदिने बीमकविरुद्ध प्राधिकरणले माग्यो उजुरी, अनुचित लाभ लिएको पाइए कारबाही
दाबी भुक्तानी नदिने बीमकविरुद्ध प्राधिकरणले माग्यो उजुरी, अनुचित लाभ लिएको पाइए कारबाही


काठमाडौं। नेपाल बीमा प्राधिकरणले दाबी भुक्तानी नदिने बीमकविरुद्ध उजुरी आह्वान गर‍ेको छ। प्राधिकरणले सूचना जारी गर्दै उजुरी मागेको हो।

Tata
GBIME
Nepal Life

बीमाको दायित्व निर्धारण, दाबी भुक्तानीमा बीमक र सर्भेयरले आचारसंहिता विपरीत काम गरेको गुनासो आएको भन्दै उजुरी पेस नगर्न भनेको हो। बीमा कम्पनी, कर्मचारी, सर्भेयरले कानुन विपरीत गरेर अनुचित लाभ लिएको पाइए कारबाही गर्न उजुरी आह्वान गरेको प्राधिकरणले उल्लेख गरेको छ।

‘बीमाको दायित्व निर्धारण एवम् दाबी भुक्तानी गर्ने क्रममा केही बीमक, बीमकको कर्मचारी तथा सर्भेयरले बीमा सम्बन्धी प्रचलित कानुन, नियामकीय व्यवस्था तथा व्यावसायिक आचारसंहिता विपरीत कार्य गरेको भन्ने सम्बन्धमा नेपाल बीमा प्राधिकरणमा विभिन्न गुनासाहरू प्राप्त भइरहेको छ,’ प्राधिकरणले भनेको छ। ‘कुनै बीमक, बीमकको कर्मचारी, बीमा सर्भेयर वा अन्य कुनै पक्षले दुखः दिएमा, गलत विवरण तयार गरेको, तथ्य लुकाएको वा तोडमोड गरेको, पक्षपातपूर्ण मूल्यांकन गरेको, अनुचित लाभ लिएको वा अन्य कुनै कानुन विपरीत कार्य गरेको भए त्यस्तो कार्यमा संलग्न व्यक्तिका विरुद्ध बीमा ऐन, २०७९ बमोजिम कारबाहीको लागि सम्बद्ध सरोकारवालालाई प्रमाणसहित उजुरी पेस गर्न भनेको छ।

बीमितले प्राधिकरणको इमेल, हुलाक र दर्ता शाखामा आफ्नो विवरण र प्रमाणसहित उजुरी दिन सक्नेछन्। बीमितबाट प्राप्त उजुरीमाथि अनुसन्धान गरेर अगाडि बढाउने प्राधिकरणले जनाएको छ।