BIZMANDU
www.bizmandu.com

गणेश नेपालीको परिवारसँग सरकारको ९ बुँदे सहमति, पत्नीलाई काठमाडौं महानगरमा रोजगारी

२०८३ असार २८

गणेश नेपालीको परिवारसँग सरकारको ९ बुँदे सहमति, पत्नीलाई काठमाडौं महानगरमा रोजगारी
गणेश नेपालीको परिवारसँग सरकारको ९ बुँदे सहमति, पत्नीलाई काठमाडौं महानगरमा रोजगारी


काठमाडौं। आत्मदाहका कारण ज्यान गुमाएका मुगुका गणेश नेपालीको परिवारसँग सरकारले ९ बुँदे सहमति गरेको छ।

Tata
GBIME
Nepal Life

सरकार, काठमाडौं महानगरपालिका र पीडित परिवारबीच आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको वार्तामा ९ बुँदे सहमति भएको हो।

सहमति अनुसार काठमाडौं महानगरले गणेशकी पत्नीलाई योग्यता अनुसार रोजगारी दिनेछ भने छोरीलाई उच्च शिक्षासम्म अध्ययनको व्यवस्था मिलाउनेछ।

काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि महानगर प्रहरीले बाइक रोकेको विषयलाई ह्वील लक गरिदिएपछि गणेशले असार २५ गते पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेकामा वीर अस्पतालमा उपचारका क्रममा २६ गते निधन भएको थियो।

सहमति अनुसार सरकारले घटनाको छानबिनका लागि पूर्वन्यायाधीशको नेतृत्वमा समिति गठन गर्नेछ। त्यो समितिको सिफारिसका आधारमा सरकारले गणेशलाई सहिद घोषणाको प्रक्रिया अगाडि बढाउनेछ।

छानबिन समितिको प्रतिवेदन नआएसम्म घटनास्थलमा खटिएका महानगर प्रहरीलाई निलम्बन गर्ने सहमति भएको छ। महानगरले गणेशको परिवारलाई राहत रकम र अन्तिम संस्कार गर्दा हुने खर्च पनि उपलब्ध गराउनेछ। गणेशको परिवार शव बुझ्न तयार भएको छ।