BIZMANDU
www.bizmandu.com

बालेनको कोर टिमका सदस्यको नाम छैन सरकारी वेबसाइटमा, मुख्यसचिव अझै अर्याल!

२०८३ असार २८

बालेनको कोर टिमका सदस्यको नाम छैन सरकारी वेबसाइटमा, मुख्यसचिव अझै अर्याल!
बालेनको कोर टिमका सदस्यको नाम छैन सरकारी वेबसाइटमा, मुख्यसचिव अझै अर्याल!


काठमाडौं। तत्कालीन मुख्यसचिव सुमनराज अर्यालले असार २५ गते अवकाश पाए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले त्यही दिन साँझ अर्यालको बिदाइ गर्‍यो।

Tata
GBIME
Nepal Life

बिदाइमा प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह सहभागी भए। प्रधानमन्त्रीका तर्फबाट असिमले अर्याललाई कदरपत्र प्रदान गरे।

त्यसको भोलिपल्ट अर्थात असार २६ गते नयाँ मुख्यसचिव गोविन्दबहादुर कार्कीले जिम्मेवारी सम्हाले।

तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍ कार्यालयको वेबसाइटमा भने अर्याल र कार्की दुवैलाई मुख्यसचिवका रुपमा राखिएको छ। प्रधानमन्त्री कार्यालयको मुख्यपृष्ठमा कार्कीलाई मुख्यसचिवका रुपमा राखिएकामा सचिवहरुको सूचीमा भने अर्याल मुख्यसचिव र कार्की सचिव छन्।

असार २४ गते अवकाश पाएका कृष्णहरि पुष्करको नाम सचिवको सूचीबाट हटाइए पनि २१ गते नै अवकाश पाइसकेका मधुसुदन बुर्लाकोटीको नाम यथावत छ।

प्रधानमन्त्री कार्यालयको वेबसाइटमा सचिवहरुको सूची अद्यावधिक नभएको मात्र होइन, प्रधानमन्त्री बालेनका सल्लाहकारहरुको सूची पनि उपलब्ध छैन।

सुशासनलाई एक सुत्रीय मन्त्र बनाएको भनिएका बालेनले सरकारी ढुकुटीबाट तलब सुविधा बुझ्ने सल्लाहकार र स्वकीय सचिवालयका सदस्यको नाम वेबसाइटमा नराख्नु सुशासनकै मर्मविपरीत हो।

बालेनका सल्लाहकार र सचिवालयका सदस्य तिनै हुन् जसले असार १ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरुलाई बोलाएर राहदानी छपाइको ठेक्कामा मुद्दा दायर नगरे शिवपुरी लगेर थुन्नेसम्मको धम्की दिएका थिए।