BIZMANDU
www.bizmandu.com

एमएडब्लु फाउन्डेसनले उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई वितरण गर्‍यो छात्रवृत्ति

२०८३ असार २८

एमएडब्लु फाउन्डेसनले उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई वितरण गर्‍यो छात्रवृत्ति
एमएडब्लु फाउन्डेसनले उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई वितरण गर्‍यो छात्रवृत्ति


काठमाडौं। एमएडब्लु फाउन्डेसनले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी लक्षित छात्रवृत्ति कार्यक्रम सुरु गरेको छ। उच्च माध्यमिक शिक्षा हासिल गर्न सहयोग गर्ने उद्देश्यले उक्त कार्यक्रम सुरु गरिएको फाउन्डेसनले जनाएको छ।

Tata
GBIME
Nepal Life

फाउन्डेसनले आइतबार काठमाडौंमा आयोजित ‘एमएडब्लु फाउन्डेसन स्कलरसिप अवार्ड समारोह २०२६’मार्फत पहिलो चरणका छनोट भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो।

कार्यक्रममा विद्यार्थीलाई छात्रवृत्ति प्रमाणपत्र तथा आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो। विद्यार्थीका अभिभावक, एमएडब्लु समूहका पदाधिकारी, आमन्त्रित अतिथि र सञ्चारकर्मी कार्यक्रममा उपस्थित थिए।

फाउन्डेसनका अनुसार आर्थिक तथा शैक्षिक सहयोगमार्फत विद्यार्थीलाई अध्ययनलाई निरन्तरता दिन प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम संचालनमा ल्याइएको हो। यसले उच्च माध्यमिक तहमा अध्ययनरत विद्यार्थीलाई आफ्नो शैक्षिक लक्ष्य हासिल गर्न थप सहयोग पुग्ने विश्वास गरिएको छ।

कार्यक्रममा एमएडब्लु फाउन्डेसनकी निर्देशक तुलिका अग्रवालले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीलाई लगनशीलता र आत्मविश्वासका साथ अध्ययन अघि बढाउन आग्रह गरिन्। उनले शिक्षामा गरिने लगानीले व्यक्ति, समाज र राष्ट्रको भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरिन्।

एमएडब्लु फाउन्डेसनले शिक्षा, अवसर सिर्जना र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम संचालन गर्दै आएको जनाएको छ। छात्रवृत्ति कार्यक्रम पनि त्यही अभियानअन्तर्गतको एक पहल भएको फाउन्डेसनको भनाइ छ।