काठमाडौं। स्कोडा नेपालले आफ्नो फेसलिफ्ट नयाँ स्कोडा कुशाक सार्वजनिक गरेको छ।
एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु अग्रवाल र एमएडब्लू एक्स्पान्जका प्रमुख कार्यकारी अधिकृत रौनक अग्रवालले संयुक्तरूपमा स्कोडाको शोरुममा नयाँ गाडी सार्वजनिक गरेका हुन्। यो एसयूभीले चालकलाई नयाँ अनुभव दिने कम्पनीले जनाएको छ।
‘यही सोच कुशाकको इन्जिनियरिङमा पनि झल्किन्छ। १.० लिटर र १.५ लिटर टीएसआई इन्जिन विकल्पमा उपलब्ध यो एसयूभी ८-स्पिड अटोमेटिक ट्रान्समिसन तथा डीएसजी ट्रान्समिसनले सुसज्जित छ। जसले उत्कृष्ट नियन्त्रण र सहज प्रतिक्रिया प्रदान गर्दै वास्तविक ड्राइभिङको आनन्द दिन्छ,’ कम्पनीले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ।
कम्पनीका अनुसार गाडीको पछाडिको सिटमा उपलब्ध मसाज सुविधाले यस सेग्मेन्टमा विरलै पाइने युरोपेली स्तरको आराम प्रदान गर्छ।
गाडी ५७ लाख ९० हजारदेखि उपलब्ध रहेको कम्पनीले जनाएको छ। एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु अग्रवालले कुशाकले युरोपेली इन्जिनियरिङलाई नेपाली सडकमा ल्याएको तर नेपाली ग्राहकलाई युरोपेली मूल्य तिर्न बाध्य नबनाएको बताए।
‘यो गाडी उत्कृष्ट ड्राइभिङ अनुभव चाहने व्यक्तिहरूका लागि बनाइएको हो। हामी उहाँहरूलाई यसको विशेषताको बारेमा सुन्न मात्र होइन, आफैं अनुभव गर्न आमन्त्रण गर्दछौं,’ एमएडब्लू एक्स्पान्जका प्रमुख कार्यकारी अधिकृत रौनक अग्रवालले भने।