काठमाडौं। सुनको मूल्य पुनः क्रमिक बढ्न थालेको छ। साताको पहिलो दिन सुन तोलामा ६ सय रुपैयाँ बढ्दा चाँदी ३५ रुपैयाँ सस्तिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ८८ हजार रुपैयाँ निर्धारण भएको छ।
गत शुक्रबार सुन तोलामा २ हजार ७ सय रुपैयाँले बढेर प्रति तोला २ लाख ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदी मूल्य तोलामा ३५ रुपैयाँ घटेर प्रति तोला ४ हजार ४ सय ७५ रुपैयाँ भएको छ। शुक्रबार तोलाको ४ हजार ५ सय १० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रति औंस ४१०८. ४४ डलर र चाँदी प्रति औंस ५९.७ डलरले कारोबार भइरहेको छ।