BIZMANDU
www.bizmandu.com

पूरा भयो विश्वकपको सेमिफाइनलको समीकरण, फाइनल पुग्न भिड्दैछन् यी टोली

२०८३ असार २८

पूरा भयो विश्वकपको सेमिफाइनलको समीकरण, फाइनल पुग्न भिड्दैछन् यी टोली
पूरा भयो विश्वकपको सेमिफाइनलको समीकरण, फाइनल पुग्न भिड्दैछन् यी टोली


काठमाडौं। फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। आज विश्वकप क्वाटरफाइनलका अन्तिम दुई खेल सकिएसँगै सेमिफाइनलको समीकरण पूरा भएको हो।

Tata
GBIME
Nepal Life

क्वाटरफाइनलमा मोरोक्को, नर्वे, स्वीट्जरल्याण्ड र बेल्जियम बाहिरिँदा फ्रान्स, इङ्ग्ल्याण्ड, अर्जेन्टिना र स्पेन सेमिफाइनलमा पुगे।

अब सेमिफाइनलमा स्पेन र फ्रान्स तथा अर्जेन्टिना र इङ्ग्ल्याण्ड भिड्नेछन्।

स्पेन र फ्रान्सबीचको खेल बुधबार पौने एक बजे सुरु हुनेछन् भने अर्जेन्टिना र इङ्ल्याण्ड बिहीबार सोही समयमा भिड्नेछन्।

यी खेलका विजेता टोली बिहीबार उपाधिका लागि भिड्नेछन्। ४८ टोलीको सहभागितामा सुरु भएको विश्वकपमा अब उपाधिको लागि चार टोली बाँकी रहँदा तीन टोली युरोपका छन्। अर्जेन्टिना मात्र दक्षिण अमेरिकी टोली बाँकी छ। अन्य क्षेत्रका टोलीहरु यसअघि नै बाहिरिसकेका छन्।