BIZMANDU
www.bizmandu.com

११ महिनामा वाणिज्य बैंकहरुको नाफा १९.४५ प्रतिशतले बढ्यो, कुनको कति?

२०८३ असार २८

११ महिनामा वाणिज्य बैंकहरुको नाफा १९.४५ प्रतिशतले बढ्यो, कुनको कति?
११ महिनामा वाणिज्य बैंकहरुको नाफा १९.४५ प्रतिशतले बढ्यो, कुनको कति?


काठमाडौं । वाणिज्य बैंकहरुको खुद नाफा १९.४५ प्रतिशतले बढाएका छन्। चालु आर्थिक वर्षको ११ महिनामा (जेठसम्म) वाणिज्य बैंकहरुले खुद नाफा १९.४५ प्रतिशतले बढाएर ६४ अर्ब ४७ करोड पुर्‍याएका हुन्।

Tata
GBIME
Nepal Life

पोहोर ११ महिनामा वाणिज्य बैंकहरुको खुद नाफा ५३ अर्ब ९७ करोड रुपैयाँ थियो।

निरन्तर घट्दै आइरहेको ब्याजदरले बैंकहरुको लागत कम हुँदा नाफामा सुधार देखिएको हो। जेठसम्म १४ बैंकले नाफा बढाउँदा ६ बैंकको खुम्चिएको छ। सबैभन्दा धेरै नाफा वृद्धि गर्नेमा भने कुमारी बैंक रहेको छ।

कुमारी बैंकको नाफा ११६८.४५ प्रतिशतले बढेको छ। पोहोर ११ महिनामा ३७ करोड नाफा गरेको कुमारी बैंकको नाफा ४ अर्ब ७० करोड पुगेको हो।

नेपाल इन्भेष्टमेन्ट मेगा, स्टान्डर्ड चार्टर्ड, एभरेष्ट, एनआईसी एसिया, ग्लोबल आइएमई र प्रभु बैंकको नाफा भने खुम्चिएको छ।

त्यस्तै, सबैभन्दा धेरै नाफा भने नबिल बैंकले गरेको छ। ११ महिनामा बैंकले ८ अर्ब ४९ करोड खुद नाफा गरेको छ। व्यवसाय विस्तार भई ब्याज आम्दानी बढेर नभइ घटेको कष्ट अफ फण्डले नाफा बढाउन सहयोग पुगेको बैंकहरु बताउँछन्।

‘तररलता पर्याप्त छ। ब्याजदर निकै तल आएको अवस्था छ,’ एक सीइओले भने,’ तैपनि ११ महिनामा ३ खर्ब १९ अर्ब रुपैयाँ कर्जा विस्तार भएको छ। जुन निकै कम हो। असुली साखै राम्रो छैन्। ब्याज खर्च घटेर लागत कम हुँदा त्यसले नाफा प्रभावित नभएको हो।’

कुनको नाफा कति ?

वाणिज्य बैंकहरु२०८३ जेठसम्म नाफा (दशलाखमा)२०८२ जेठसम्म नाफा (दशलाखमा)नाफा फरक (प्रतिशतमा)
नेपाल बैंक३,३२७.६७३,०७०.५८८.३७
राष्ट्रिय वाणिज्य ३,७२४.८७२,२०६.४४६८.८२
नबिल ८,४९२.२४६,४०८.३३३२.५२
नेपाल इन्भेष्टमेन्ट मेगा४,४९१.१०५,६८८.१८-२१.०५
स्टान्डर्ड चार्टर्ड २,६२४.१५२,७२६.२०-३.७४
हिमालयन१,१६४.२७९०५.३९२८.५९
नेपाल एसबिआई१,८३८.४२१,५४९.२५१८.६७
एभरेष्ट४,१२३.४२४,२४०.६८-२.७७
एनआईसी एसिया५०७.७८२९.७४-३८.८१
माछापुच्छ्रे२,१७७.१११,५०९.२५४४.२५
कुमारी ४,७०६.९५३७१.०८११६८.४५
लक्ष्मी सनराइज २,८०१.६८२,५७९.२०८.६३
सिद्धार्थ२,८०१.६८२,२१८.१३२६.३१
कृषि १,९५८.९२१,८१९.३६७.६७
ग्लोबल आइएमई५,९७८.३४६,०३६.४२-०.९६
सिटिजन्स १,७४६.१३१,४११.४३२३.७१
प्राइम३,७४९.४५२,९०५.००२९.०७
एनएमबि ३,६३०.८२३,०३१.१२१९.७८
प्रभु १,५०४.८३२,३१२.००-३४.९१
सानिमा३,१२२.३७२,१५५.६९४४.८४
जम्मा६४,४७२.१२५३,९७३.४७१९.४५
स्रोत: राष्ट्र बैंक