BIZMANDU
www.bizmandu.com

स्ट्रेट अफ हर्मोज बन्द : अमेरिकाले फेरि इरानमा गर्‍यो हवाई आक्रमण, वार्ताको प्रयास जारी

२०८३ असार २८

स्ट्रेट अफ हर्मोज बन्द : अमेरिकाले फेरि इरानमा गर्‍यो हवाई आक्रमण, वार्ताको प्रयास जारी
Smoke rises following Israeli airstrikes over Beirut and its southern suburbs on April 8, 2026. Israel launched a series of strikes on Beirut on April 8, hitting several parts of the capital as well as its southern suburbs, Lebanese state media reported. (Photo by anwar amro / AFP)


स्ट्रेट अफ हर्मोजमा फेरि एक व्यापारिक जहाजमाथि आक्रमण भएपछि अमेरिकी सेनाले इरानमाथि पुनः हवाई आक्रमण सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

मध्यस्थकर्ताहरू दुई देशबीचको वार्तालाई मिलाउन प्रयासरत रहेकै बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका सर्वोच्च नेता फेरि सार्वजनिक रुपमा नै आमनेसामने भएका हुन्। दुवैले सार्वजनिक रुपमा चेतावनी दिएसँगै दुई पक्षबीचको तनाव फेरि उत्कर्षमा पुगेको हो।

हर्मोजमा इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्सले एक व्यापारिक जहाजमाथि चेतावनी स्वरूप गोली प्रहार गरेको बताइन्छ। त्यसपछि सो जलमार्ग फेरि पूर्ण रूपमा बन्द गरिएको थियो।

अमेरिकी अधिकारीहरुले भने उक्त जलमार्ग सुरक्षित नभएसम्म आणविक हतियारसम्बन्धी कुनै पनि वार्ता अघि बढ्न नसक्ने बताउँदै आएका छन्।

यसैबीच, ओमानले यस हर्मोज व्यवस्थापनका लागि अस्थायी प्रस्तावको मस्यौदा तयार पारेको बताइएको छ।