BIZMANDU
www.bizmandu.com

सवा दुई लाख पर्ने बीएसएनएलको स्याटेलाइट फोन : चाहिँदैन सीम, चलाउन लिनुपर्नेछ सरकारी अनुमति

२०८३ असार २८

सवा दुई लाख पर्ने बीएसएनएलको स्याटेलाइट फोन : चाहिँदैन सीम, चलाउन लिनुपर्नेछ सरकारी अनुमति
सवा दुई लाख पर्ने बीएसएनएलको स्याटेलाइट फोन : चाहिँदैन सीम, चलाउन लिनुपर्नेछ सरकारी अनुमति


भारतको सरकारी दूरसंचारर कम्पनी बीएसएनएलले बजारमा नयाँ स्याटेलाइट फोन सार्वजनिक गरेको छ। करसहित यस फोनको मूल्य १ लाख ३४ हजार १६६ भारतीय रुपैयाँ (करिब सवा दुई लाख रुपैयाँ) तोकिएको छ।

Tata
GBIME
Nepal Life

यो फोन सामान्य स्मार्टफोनभन्दा पूर्ण रुपमा फरक रहेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। यसले कुनै पनि सिम कार्ड वा मोबाइल नेटवर्क बिना सिधै स्याटेलाइटको माध्यमबाट काम गर्ने जनाइएको छ।

यस फोनको सबैभन्दा ठूलो विशेषता यसले नेटवर्क नभएका र ‘अफग्रिड’ स्थानहरूमा पनि बिना कुनै अवरोध भ्वाइस कल गर्ने सुविधा दिने भनिएको छ।

सामान्यतया हाल प्रयोगमा ।रहेको मोबाइल फोनहरु नजिकैको मोबाइल टावरको सहायताले चल्ने गर्छन्। तर, यो स्याटेलाइट फोनले सिधै अन्तरिक्षमा रहेका उपग्रहसँग सम्पर्क स्थापित गर्दछ।

कम्पनीका अनुसार यो ह्यान्डसेट ग्लोबल स्याटेलाइट नेटवर्क प्रदायक ‘इनमारसैट’ सँगको साझेदारीमा तयार पारिएको हो। यसले मोबाइल नेटवर्क पुग्न नसकेको  दुर्गम तथा विकट क्षेत्रहरुमा र बाढी, पहिरो वा भूकम्प जस्ता प्राकृतिक विपद् र आपत्कालीन परिस्थितिहरुमा पनि मानिसहरुसँग सम्पर्क कायम राख्न सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

यो स्याटेलाइट फोन सामान्य फोन वा ग्याजेट जस्तो सिधै पसलमा गएर किन्न नपाइने भारतीय मिडियामा उल्लेख छ। यो फोन खरिद गर्न वा प्रयोग गर्नका लागि प्रयोगकर्ताले सरकारी निकाय ’डिपार्टमेन्ट अफ टेलिकम्युनिकेसन्स’ बाट अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने जनाइएको छ। सरकारको अनुमति बिना स्याटेलाइट फोन राख्नु वा प्रयोग गर्नु भारतीय कानुन बमोजिम दण्डनीय मानिन्छ।