BIZMANDU
www.bizmandu.com

गणेश नेपालीको आत्मदाह घटनामा प्रहरी थाल्यो छानबिन, डीआइजीको नेतृत्वमा समिति गठन

२०८३ असार २६

गणेश नेपालीको आत्मदाह घटनामा प्रहरी थाल्यो छानबिन, डीआइजीको नेतृत्वमा समिति गठन
गणेश नेपालीको आत्मदाह घटनामा प्रहरी थाल्यो छानबिन, डीआइजीको नेतृत्वमा समिति गठन


काठमाडौं। सरकारले गणेश नेपालीले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरी उपचारका क्रममा ज्यान गुमाएको घटना सम्बन्धमा छानबिन समिति गठन गरेको छ।

Tata
GBIME
Nepal Life

गृह मन्त्रालयले डीआइजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो।

मुगुको सोरु गाउँपालिका-१ घर भएका २५ वर्षीय गणेशले बिहीबार दिउँसो पौन २ बजेतिर काठमाडौंको त्रिपुरेश्वरमा शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेकामा वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको थियो।

गणेशले मोटरसाइकलमा यात्रुलाई ओहोरदोहोर गराएर जीविकोपार्जन गर्दै आएका थिए। महानगरीय प्रहरीले आफ्नो मोटरसाइकलको ह्विल लक गरेपछि गणेशले शरीरमा पेट्रोल छर्किएको उनका आफन्तले बताएका छन्। जिल्ला प्रहरी परिसरले महानगरीय प्रहरीका तीन जनालाई नियन्त्रणमा लिएर शुक्रबार सोधपुछ गरेको छ।

गणेशको निधनपछि सडकदेखि सदनसम्म विरोध भएको छ। काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन समेत भएको छ।