BIZMANDU
www.bizmandu.com

अब दैनिक ५२० रुपैयाँको ईएमआई योजनामा एमजी कमेट खरिद गर्न सकिने

२०८३ असार २६

अब दैनिक ५२० रुपैयाँको ईएमआई योजनामा एमजी कमेट खरिद गर्न सकिने
अब दैनिक ५२० रुपैयाँको ईएमआई योजनामा एमजी कमेट खरिद गर्न सकिने


काठमाडौं। गोल्छा अर्गनाइजेसन अन्तर्गतको जीओ अटोमोबाइल्सले एमजी कमेट इभीका लागि नयाँ ईएमआई योजना सार्वजनिक गरेको छ। कम्पनीले विद्युतीय सवारी खरिदलाई थप सहज बनाउने उद्देश्यले दैनिक किस्ताको अवधारणा ल्याएको जनाएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीका अनुसार अब एमजी कमेट इभी दैनिक ५२० रुपैयाँ अर्थात् मासिक १५ हजार ५३५ रुपैयाँको किस्तामा खरिद गर्न सकिनेछ। यो योजना विद्युतीय सवारी खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी ल्याइएको हो।

जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले विद्युतीय सवारीलाई महँगो विकल्पका रूपमा नभई दैनिक जीवनको सहज रोजाइका रूपमा स्थापित गर्ने लक्ष्यका साथ योजना ल्याइएको बताए। उनका अनुसार किस्ताको व्यवस्थाले विद्युतीय सवारी खरिदप्रतिको आर्थिक अन्योल कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

एमजी कमेट इभीको सुरुवाती मूल्य १८ लाख ७५ हजार रुपैयाँ तोकिएको छ। यो कम्प्याक्ट विद्युतीय ह्याचब्याक विशेषगरी सहरी प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीले जनाएको छ। ४ जना यात्रुले सहज रूपमा यात्रा गर्न मिल्ने केबिन भएकाले दैनिक आवतजावतका लागि उपयुक्त हुने दाबी कम्पनीको छ।

कम्पनीका अनुसार गाडीमा १७.३ किलोवाट आवर क्षमताको ब्याट्री र पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर जडान गरिएको छ। एकपटक पूर्ण चार्ज गर्दा एआरएआई प्रमाणित २३० किलोमिटरसम्म रेन्ज दिने उल्लेख गरिएको छ।

जीओ अटोमोबाइल्सले नयाँ ईएमआई योजनाले विद्युतीय सवारी खरिदमा आर्थिक पहुँच बढाउने र मासिक बजेटअनुसार सवारी खरिद गर्न सहज हुने विश्वास व्यक्त गरेको छ।