BIZMANDU
www.bizmandu.com

सुनिल लम्सालले निरीक्षण गरेलगत्तै कालीगण्डकी करिडोरको माथिल्लो खण्ड कालोपत्रे गर्न ठेक्का आह्वान

२०८३ असार २६

सुनिल लम्सालले निरीक्षण गरेलगत्तै कालीगण्डकी करिडोरको माथिल्लो खण्ड कालोपत्रे गर्न ठेक्का आह्वान
पूर्वाधार विकासमन्त्री सुनिल लम्साल विकास आयोजना निरीक्षणका क्रममा। फाइल तस्वीर


काठमाडौं। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कालीगण्डकी करिडोरको माथिल्लो खण्डको निरीक्षण गरेर फर्किएलगत्तै नयाँ ठेक्का आह्वान गरिएको छ।

Tata
GBIME
Nepal Life

कालीगण्डकी करिडोरमा पर्ने बेनी-जोमसोम-कोरोला सडकको माथिल्लो खण्ड कालोपत्रे गर्न शुक्रबार ठेक्का आह्वान गरिएको हो। मन्त्री लम्सालले गत साता कालीगण्डकी करिडोरको माथिल्लो खण्डको निरीक्षण गरेका थिए।

टेण्डर अनुसार माथिल्लो खण्डमा ४०.२ किलोमिटर सडक कालोपत्रे गर्नुपर्नेछ। त्यसका लागि दुई खण्ड बनाएर ठेक्का आह्वान गरिएको छ। सडक ठेक्का सम्झौताको ३ वर्षभित्र कालोपत्रे गर्नुपर्नेछ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङ र लो-घेकर दामोदरकुण्ड गाउँपालिकाको घमी जोड्ने ४०.२ किलोमिटर सडकका लागि अर्थ मन्त्रालयले ३ अर्ब १५ करोड रुपैयाँ स्रोत सुनिश्चित गरेको छ।