BIZMANDU
www.bizmandu.com

माकलबारीमा गुडिरहेको गाडीमा रहेको अक्सिजन सिलिन्डर पड्किँदा पैदल यात्रुको मृत्यु

२०८३ असार २६

माकलबारीमा गुडिरहेको गाडीमा रहेको अक्सिजन सिलिन्डर पड्किँदा पैदल यात्रुको मृत्यु
माकलबारीमा गुडिरहेको गाडीमा रहेको अक्सिजन सिलिन्डर पड्किँदा पैदल यात्रुको मृत्यु


काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित माकलबारीमा अक्सिजनको सिलिन्डर पड्किँदा एक जनाको मृत्यु भएको छ। गुडिरहेको गाडीमा रहेको अक्सिजन पड्किएको हो।

Tata
GBIME
Nepal Life

शुक्रबार बिहान १० बजेतिर सानो पुल नजिकै सिलिन्डर विस्फोट भएको र एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिइएको छ।

गोकर्णेश्वर नगरपालिका ८ बस्ने ४१ वर्षीय बिष्णु थापाको उपचारको क्रममा ल्यैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

बा.प्र.०६-००१ झ ००१७ नम्बरको गाडीमा सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिकाको गाडीमा नवज्योती अक्सिजन सिलिन्डर लोड गरिर सिन्धुपाल्चोक ल्यैजाने क्रममा घटना भएको थियो।

सिलिन्डर पहिलो पटक आवाज आएपछि गाडी रोकेर चेक गरेका थिए। तर दोस्रो पुनः पड्किएपछि थापा घाइते भएका थिए। अहिले नेपाल प्रहरी, नेपाली सेनाको विस्फोटक टोली र नगरप्रहरीले अहिले थप सिलिन्डरको अवस्था बारे चेक गरिरहेको छ।