BIZMANDU
www.bizmandu.com

मौद्रिक नीतिको सीबीफीनले गर्‍यो स्वागत, ‘दूरदर्शी कार्यक्रम आएका छन्, कार्यान्वयन होस्’

२०८३ असार २६

मौद्रिक नीतिको सीबीफीनले गर्‍यो स्वागत, ‘दूरदर्शी कार्यक्रम आएका छन्, कार्यान्वयन होस्’
मौद्रिक नीतिको सीबीफीनले गर्‍यो स्वागत, ‘दूरदर्शी कार्यक्रम आएका छन्, कार्यान्वयन होस्’


काठमाडौं। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)ले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको स्वागत गरेको छ। सीबीफीनले

Vigo
GBIME
Tata

मूल्य स्थिरता, वित्तीय क्षेत्रको स्थायित्व, नियामकीय सरलीकरण तथा समग्र आर्थिक सन्तुलन कायम गर्ने दिशा समातेको भन्दै मौद्रिक नीतिको स्वागत गरेको हो।

परम्परागत ढाँचामा परिवर्तन गर्दै वित्तीय प्रणाली र निजी क्षेत्रलाई सकारात्मक सन्देश दिने नीतिगत व्यवस्था मौद्रिक नीतिमा समेटिएको सीबीफीनको बुझाइ छ।

रुग्ण उद्योगमा रहेको निष्क्रिय कर्जाको व्यवस्थापन तथा दबाबमा रहेका कर्जाको पुनरुत्थान, व्यावसायिक वातावरणलाई अझ पूर्वानुमानयोग्य बनाउन नीतिगत दर, स्थायी निक्षेप सुविधा दर, बैंक दर, नगद मौज्दात अनुपात, वैधानिक तरलता अनुपात तथा स्थायी तरलता सुविधालाई यथावत् राख्ने निर्णयलाई सीबीफीनले सकारात्मक भनेको छ।

‘बैंकका शाखा खोल्ने वा बन्द गर्ने प्रक्रियालाई लचिलो बनाइने, वित्तीय सेवालाई डिजिटलाइजेसन गर्दै बैंकहरूको सञ्चालन खर्च कटौती गर्न प्रोत्साहन गर्ने, विदेशी मुद्रा खरिदमार्फत हुने तरलता प्रवाह व्यवस्थापनलाई सहज बनाउन वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहित गर्ने तथा विदेशी मुद्रा खरिदका बखत स्टेरिलाइज्ड इन्टरभेन्सन गर्ने जस्ता नीतिगत व्यवस्था दूरदर्शी तथा सकारात्मक कदम हुन्,’ सीबीफीनले प्रेस विज्ञप्तिमार्फत भनेको छ।