BIZMANDU
www.bizmandu.com

आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको आवेदन, प्रतिस्पर्धामा को-को?

२०८३ असार २५

आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको आवेदन, प्रतिस्पर्धामा को-को?
आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको आवेदन, प्रतिस्पर्धामा को-को?


काठमाडौं। नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको आवेदन परेको छ।

Tata
GBIME
Nepal Life

निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिफारिस समिति गठन गरी असार २ गते २२ गतेसम्मको समय दिएर विज्ञापन गरेकामा ६ जनाको आवेदन परेको हो।

मन्त्रालयले बिहीबार सार्वजनिक गरेको सूची अनुसार निगममा केही दिन निमित्त कार्यकारी निर्देशकको रुपमा काम गरेर अवकाश पाएका चार्टर्ड एकाउन्टेन्ट नागेन्द्र साह, छविराज पोखरेल, कौशल केसी, संजिवकुमार देव, सरोजकुमार शर्मा र दीपेन्द्र कुमार देवको आवेदन परेको छ।

निगममा कार्यकारी निर्देशकको पद करिब दुई महिनादेखि रिक्त छ। यसअघिका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले गत वैशाख ३० गते राजीनामा दिएका थिए।

भट्टको राजीनामापछि साहले केही दिन निमित्त कार्यकारी निर्देशकका रुपमा काम गरेका थिए। उनको अवकाशपछि अहिले दीपक बराल निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीमा छन्।