काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदका लागि १६ जनाले आवेदन दिएका छन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जेठ २९ गते दरखास्त आह्वान गरी असार १८ गतेसम्मको समय दिएकामा १६ जनाले आवेदन दिएका हुन्।
कम्पनीका निवर्तमान सीइओ रमेश आचार्यले पनि आवेदन दिएका छन्। उनी सरकारले गत वैशाख तेस्रो साता ल्याएको अध्यादेशका कारण पदमुक्त भएका थिए।
कम्पनीका निमित्त सीइओ डिल्लीराज लम्सालले पनि आवेदन दिएका छन्। आवेदन दिनेमा विष्णुबाबु मिश्र, मित्रमणि पोखरेल, गोपाल घिमिरे, कामेश्वर यादव, सचिन अर्याल, होमनाथ न्यौपाने, कौशल केसी, प्रकाशमान बज्राचार्य, रामकृष्ण पन्थी, डा. हरिशंकर प्रसाद साह, संगीता यादव, दीपेन्द्र कुमार देव, भेषराम पोखरेल र टिकानिधि लोहनी छन्।
मन्त्रालयले आवेदकहरुलाई कार्ययोजना प्रस्तुति र अन्तर्वार्ताका लागि मिति पछि प्रकाशन गर्ने बताएको छ।