काठमाडौं। चालु साता सुनचाँदीको कारोबार मूल्यमा लगातार घटेको छ। अघिल्लो दिनका तुलनामा बिहीबार पनि फराकिलो अन्तरको गिरावट छ। सुन तोलामा २ हजार ४ सय रुपैयाँ घटेको छ भने चाँदी १ सय ६० रुपैयाँ सस्तिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ८४ हजार ७ सय रुपैयाँ भएको छ। यसअघि बुधबार तोलाको २ लाख ८७ हजार १ सय रुपैयाँ हुँदा अघील्लो दिनका तुलनामा नौ सय रुपैयाँ घटेको थियो।
चालु साता पाँच दिनमा सुन तोलामा ४ हजार ७ सय रुपैयाँ सस्तिएको छ। साताको प्रारम्भमा प्रति तोला २ लाख ८९ हजार ४ सय रुपैयाँ थियो।
चाँदी पनि क्रमिक सस्तिएको छ। बिहीबार कारोबार मूल्य तोलाको ४ हजार ३ सय ४० रुपैयाँ भएको छ। बुधबार ४ हजार ५ सय थियो भने मंगलबार तोलाको ४ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रति औंस ४०७९.६४ डलरले कारोबार भइरहेको छ। ३० दिनमा प्रति औंस ३७.८९ डलर सस्तिएको छ। यस्तै चाँदी ५८.३६ डलर प्रति औंस भएको छ।