BIZMANDU
www.bizmandu.com

विष्णु पौडेल थप पाँच दिन हिरासतमा, अनुसन्धान नसकिँदा चौथो पटक थपियो म्याद

२०८३ असार २४

विष्णु पौडेल थप पाँच दिन हिरासतमा, अनुसन्धान नसकिँदा चौथो पटक थपियो म्याद
विष्णु पौडेल थप पाँच दिन हिरासतमा, अनुसन्धान नसकिँदा चौथो पटक थपियो म्याद


काठमाडौं । पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलको हिरासत बसाइ लम्बिएको छ। विशेष अदालतले पौडेललाई सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानका लागि हिरासतमा राख्न चौथो पटक म्याद थप गरेको छ।

Tata
GBIME
Nepal Life

आज उनलाई थप ५ दिनको म्याद दिइएको छ। यसअघि उनलाई ६ दिनको म्याद दिइएको थियो। सो समयमा पनि अनुसन्धान नसकिएपछि सम्पति शुद्धीकरण विभागले थप समय माग गरेपछि ५ दिनको म्याद थप गरिएको हो।

विशेष अदालत अदालतका सदस्यहरु नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासमाबाट म्याद थप गरिएको हो।

सम्पत्ति शुद्धीकरण लगायत विभिन्न कसुरमा पुर्पक्षका लागि थुनामा रहेका विवादास्पद व्यापारी दीपक भट्टसँग कारोबार देखिएपछि पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेर माइक्रोबसमा रातारात काठमाडौं ल्याइएको थियो।

पौडेललाई रिहा गर्न माग गर्दै उनकी पत्नीले सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट खारेज भइसकेको छ। विभागले सम्पत्ति शुद्धीकरण मुद्दामा ९० दिनसम्म म्याद थप गरेर अनुसन्धान गर्न सक्छ।

पौडेललाई अहिले ललितपुर प्रहरीको हिरासतमा राखिएको छ। विभागका अनुसन्धान अधिकृतको स्वकृतिमा मात्र प्रहरीले हिरासतमा आफन्त र अन्य मानिसलाई भेट्न दिने गरेको छ।