BIZMANDU
www.bizmandu.com

दोस्रो बजारमा बढ्यो ऋणपत्रको माग, नेप्सेमा धेरै कारोबार हुने शीर्ष १० कम्पनीमा ७ वटा ऋणपत्र

२०८३ असार २४

दोस्रो बजारमा बढ्यो ऋणपत्रको माग, नेप्सेमा धेरै कारोबार हुने शीर्ष १० कम्पनीमा ७ वटा ऋणपत्र
दोस्रो बजारमा बढ्यो ऋणपत्रको माग, नेप्सेमा धेरै कारोबार हुने शीर्ष १० कम्पनीमा ७ वटा ऋणपत्र

काठमाडौं। बैंकको ब्याजदर निरन्तर ओरालो लागेपछि ऋणपत्रको कारोबार बढेको छ। दोस्रो बजारमा ऋणपत्रको कारोबार बढिरहेको हो।

Vigo
GBIME
Tata

नेप्से बियरिस हुँदा कारोबारको शीर्ष सूचीमा ऋणपत्र छन्। ११ प्रतिशत ब्याजदर रहेको कुमारी बैंक डिबेञ्चर २०८९ को बुधबार ६२ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ। यसको मूल्य प्रति ऋणपत्र १२९० रुपैयाँ छ।

यस्तै, कारोबार धेरै हुने दोस्रो नम्बरमा ९.५ प्रतिशत ब्याजदरको एनसीसी डेबेञ्चर २०८६ र तेस्रो नम्बरमा ८.५ प्रतिशत ब्याजदरको सानिमा डिबेञ्चर छ।

नेप्सेमा सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचीमा ७ वटा ऋणपत्र परेका छन्।

सबैभन्दा धेरै मूल्य बढ्नेमा पनि ऋणपत्र नै छन्। १० प्रतिशत ब्याजदरको सिटिजन्स डिबेञ्चरको भाउ बुधबार ८.८७ प्रतिशतले बढेको छ। यस्तै, एनएमबि डिबेञ्चरको ५.५२ र प्रभु बैंक डिबेञ्चरको ४.६७ प्रतिशतले मूल्य बढेको छ।

बैंकहरुको निक्षेपको ब्यादर २.७५ प्रतिशत सीमित रहेकाले लागत समेत नउठ्ने देखिएपछि संस्थागत लगानीकर्ता ऋणपत्रतिर सिफ्ट भएका हुन्।