BIZMANDU
www.bizmandu.com

राष्ट्र बैंक (तेस्रो संशोधन) र पर्यटन विधेयक दफाबार छलफलका लागि पठाइयो समितिमा

२०८३ असार २४

राष्ट्र बैंक (तेस्रो संशोधन) र पर्यटन विधेयक दफाबार छलफलका लागि पठाइयो समितिमा
प्रतिनिधि सभाको बैठक। तस्वीर : रासस


काठमाडौं। प्रतिनिधि सभाले दुई वटा विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ।

Tata
GBIME
Nepal Life

प्रतिनिधि सभाको बुधबार बसेको बैठकले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक र पर्यटन विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतरुपमा स्वीकृत गरेको छ।

राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक सरकारले गत जेठ ११ गते संसद्‍मा दर्ता गरेको थियो। यो विधेयकमाथि अब अर्थसमितिमा खफाबार छलफल हुनेछ।

सांसदहरुले विधेयकमा गभर्नरको कार्यकाल हटाउनुपर्नेदेखि एकजना डेपुटी गभर्नर बैंक बाहिरबाट ल्याउनुपर्ने लगायतका विभिन्न संशोधन प्रस्ताव दर्ता गराएका छन्।

त्यस्तै पोहोर जेठ ५ गते दर्ता भएको पर्यटन विधेयकमाथि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा छलफल हुनेछ। यो विधेयक राष्ट्रिय सभाले गत माघ २६ गते पारित गरेको थियो।