BIZMANDU
www.bizmandu.com

बर्डफ्लुका कारण कुखुराको मासु निरन्तर सस्तिंदै, महिना दिनमा प्रति केजी १०० रुपैयाँ घट्यो

२०८३ असार २४

बर्डफ्लुका कारण कुखुराको मासु निरन्तर सस्तिंदै, महिना दिनमा प्रति केजी १०० रुपैयाँ घट्यो
बर्डफ्लुका कारण कुखुराको मासु निरन्तर सस्तिंदै, महिना दिनमा प्रति केजी १०० रुपैयाँ घट्यो

काठमाडौं। बर्डफ्लु फैलिएपछि ब्रोइलर कुखुराको मासुको मूल्य सस्तो भएको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले बुधबारदेखि लागू हुने गरि नयाँ मूल्य तोकेको छ।

Tata
GBIME
Nepal Life

संघका अनुसार तयारी मासुको उपभोक्ता मूल्य प्रति केजी ३०० रुपैयाँमा आइपुगेको छ। मासुको मूल्य यसअघि प्रति केजी ३१५ रुपैयाँ थियो।

कुखुराको मासुको मूल्य एक महिनामा प्रति केजी १०० रुपैयाँ घटिसकेको संघले जनाएको छ। पछिल्लो समय बर्डफ्लुका कारण खपत घटेपछि भाउ सस्तो भएको हो।