काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठकमा नेकपा (एमाले)का सांसद राजेन्द्र राईले सभामुखको आलोचना गरेपछि तनाव उत्पन्न भएको छ।
राईले ‘सभामुखले कान सुन्नु हुन्छ कि हुन्न?’ भनेपछि सभामुख डोल प्रसाद अर्यालले राईले रोकेका थिए।
बैठकमा त्यसपछि रास्वपाकी ज्वाला संग्रौलालले नियमापत्ति गरेकी थिइन्।
प्रतिनिधि सभा नियमावली २०८३ को नियम २१ (ख)मा सभामुखले पद अनुकूल आचरण नगरेको अवस्थामा बाहेक सभामुखको आलोचना गर्न नपाइने व्यवस्था छ।
लगतै सभामुखले राईलाई क्षमयाचनाका लागि समय दिएको बताएका थिए। उक्त समयमा पनि राईले सभामुखको आलोचना गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ।