BIZMANDU
www.bizmandu.com

सामसङको नाफा १९ गुणाले बढ्ने अनुमान, चिपको माग बढ्दा व्यापारमा उछाल

२०८३ असार २४

सामसङको नाफा १९ गुणाले बढ्ने अनुमान, चिपको माग बढ्दा व्यापारमा उछाल
सामसङको नाफा १९ गुणाले बढ्ने अनुमान, चिपको माग बढ्दा व्यापारमा उछाल


काठमाडौं । टेक जायन्ट सामसङले आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो प्रयोगसँगै बढेको मेमोरी चिपको मागका कारण आफ्नो नाफा १९ गुणाले वृद्धि हुने अनुमान गरेको छ।

Vigo
GBIME
Tata

कम्पनीले अप्रिलदेखि जुनसम्मको त्रैमासिक अवधिमा मात्रै ८९.४ ट्रिलियन वन (करिब ४५८.४ अर्ब डलर) संचालन नाफा कमाउने अनुमान गरेको बीबीसीमा उल्लेख छ।

डेटा सेन्टर र एआई पूर्वाधारका लागि सेमीकन्डक्टर चिपको माग र सीमित आपूर्तिका कारण मूल्य बढेकाले सामसङको व्यवसायमा यो उछाल आएको हो।

यसलाई सामसङको इतिहासकै उत्कृष्ट त्रैमासिक नाफा भएको विश्लेषकहरुले बताएका छन्।

चिप बजारमा तिब्र प्रतिस्पर्धा र मागलाई धान्न दक्षिण कोरियाले सामसङ र एसके हाइनिक्सको नेतृत्वमा कम्तीमा ४८८० अर्ब डलरको लगानी योजना घोषणा गरिसकेको छ।

जापान, चीन र ताइवान जस्ता देशहरुले पनि चिप उत्पादनमा ठूलो लगानी गरिरहेका छन्।