BIZMANDU
www.bizmandu.com

सुनचाँदीको मूल्यमा लगातार गिरावट, सुन प्रति तोला ९०० घट्दा चाँदी ५५ रुपैयाँ सस्तियो

२०८३ असार २४

सुनचाँदीको मूल्यमा लगातार गिरावट, सुन प्रति तोला ९०० घट्दा चाँदी ५५ रुपैयाँ सस्तियो
सुनचाँदीको मूल्यमा लगातार गिरावट, सुन प्रति तोला ९०० घट्दा चाँदी ५५ रुपैयाँ सस्तियो

काठमाडौं। सुनचाँदीको मूल्य लगातार घट्न थालेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा ९ सय रुपैयाँले घटेको छ भने चाँदी ५५ रुपैयाँ सस्तिएको छ।

GBIME
Tata

बुधबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ८७ हजार १ सय रुपैयाँ भएको छ। यसअघि सोमबारका तुलनामा १ हजार ४ सय रुपैयाँले घटेर मंगलबार तोलाको २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो। साताको पहिलो दिन प्रति तोला २ लाख ९० हजार ३ सय रुपैयाँ थियो।

चाँदी तोलामा ५५ रुपैयाँले घटेको छ। बुधबार कारोबार मूल्य तोलाको ४ हजार ५ सय रुपैयाँमा आइपुगेको छ।

मंगलबार तोलाको ४ हजार ५ सय ५५ र सोमबार ४ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तराष्ट्रिय बजारमा सुन प्रति औंस ४१२३.९९ डलर र चाँदी प्रति औंस ६०.३९ डलरले कारोबार भइरहेको छ। मंगलबार सुन प्रतिऔंस ४१२५.५९ डलर र चाँदी ६०.७५ डलर थियो।