काठमाडौं। मुक्तिनाथ विकास बैंकले फुड फर लाइफ नेपालले धनगढीमा संचालन गर्न लागेको मिड-डे मिल (दिवा भोजन) कार्यक्रमलाई आर्थिक सहयोग गरेको छ।
कार्यक्रम अन्तर्गत संस्थाले केन्द्रीकृत भान्सा प्रणालीमार्फत धनगढीस्थित सरकारी विद्यालयहरूमा अध्ययनरत ५ हजार विद्यार्थीहरूलाई स्वच्छ, पौष्टिक तथा सन्तुलित दिवा भोजन उपलब्ध गराउने छ।
बैंकका अनुसार विशेषगरी, आर्थिक रूपमा विपन्न परिवारका विद्यार्थीहरूको पोषण सुधार, विद्यालयमा नियमित उपस्थिति अभिवृद्धि तथा शिक्षामा निरन्तरताका लागि यस कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।