BIZMANDU
www.bizmandu.com

फिफा विश्वकपको क्वाटरफाइनल समीकरण पूरा, कहिले हुनेछन् यी चार खेल?

२०८३ असार २४

फिफा विश्वकपको क्वाटरफाइनल समीकरण पूरा, कहिले हुनेछन् यी चार खेल?
फिफा विश्वकपको क्वाटरफाइनल समीकरण पूरा, कहिले हुनेछन् यी चार खेल?


काठमाडौं। फिफा विश्वकपको प्रि-क्वाटरफाइनलका खेलहरु सकिएसँगै क्वाटरफाइनलको समीकरण पूरा भएको छ। ४८ देशबाट विश्वकप उपाधिको होडमा अब ८ टोलीमात्र बाँकी छन्।

Tata
GBIME
Nepal Life

प्रिक्वाटरफाइनल टुंगिँदा पोर्चुगल, ब्राजिलजस्ता विश्वकप उपाधि दाबेदार सहित क्यानडा, पाराग्वे, मेक्सिको, अमेरिका, इजिप्ट र कोलम्बिया पनि बाहिरिए। अब, उपाधि होडमा स्पेन, नर्वे, फ्रान्स, इङ्ग्ल्याण्ड, मोरोक्को, बेल्जियम, अर्जेन्टिना र स्वीटजरल्याण्ड बाँकी छन्।  

क्वाटरफाइनलमा शुक्रबार (बिहान)राति पौने २ बजे फ्रान्स र मोरोक्को भिड्नेछन् भने बेल्जियम र स्पेन शनिबार पौने १ बजे आमनेसामने हुनेछन्। त्यस्तै, नर्वे र इङ्ग्ल्याण्ड आइतबार पौने ३ बजे आमनेसामने हुँदा अर्जेन्टिना र स्वीटजरल्याण्ड त्यहि दिन बिहान पौने ७ बजे भिड्नेछन्।