BIZMANDU
www.bizmandu.com

नक्कली शरणार्थी प्रकरणमा सात जनाले पाए सफाइ, यस्तो छ जिल्ला अदालतको फैसलाको पूर्णपाठ

२०८३ असार २३

नक्कली शरणार्थी प्रकरणमा सात जनाले पाए सफाइ, यस्तो छ जिल्ला अदालतको फैसलाको पूर्णपाठ
नक्कली शरणार्थी प्रकरणमा सात जनाले पाए सफाइ, यस्तो छ जिल्ला अदालतको फैसलाको पूर्णपाठ

काठमाडौं। अदालतमा मुद्दा दायर भएको झण्डै तीन वर्षपछि बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणको जिल्ला अदालतले फैसला गरेको छ।

GBIME
Tata

जिल्ला अदालत काठमाडौंले मंगलबार फैसला गर्दैै पूर्व उपप्रधानमन्त्री एवम् एमाले नेता टोबहादुर रायमाझी, पूर्व गृहमन्त्री एवम् कांग्रेस नेता बालकृष्ण खाँण, पूर्व गृहसचिव टेकनारायण पाण्डेलगायतलाई दोषी ठहर गरेको छ।

कीर्ते, संगठित अपराध तथा राज्यविरुद्धका कसुरमा अदालतले उनीहरुलाई दोषी ठहर गरेको हो।

अदालतले मुद्दामा प्रतिवादी बनाइएका प्रतिवादीहरु रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशीष बुढाथोकीलाई अभियोगबाट सफाइ दिएको छ।