काठमाडौं। नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा निर्धारण गर्ने भएको छ।
गभर्नर डा. विश्वनाथ पौडेलले मंगलबार अपराह्न आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्दै संस्थाको सबलताका आधारमा सेयर धितो कर्जाको सीमा निर्धारण गर्ने बताएका छन्।
‘कर्जाको सुरक्षण स्वरुप व्यक्तिगत जमानीबाट असीमित दायित्व सिर्जना हुने अवस्था हटाउन, चेक अनादरका कारण कालोसूचीमा परी बैंकिङ सेवाको पहुँचमा बाधा पर्ने अवस्था कम गर्न, रुग्ण उद्योगमा रहेका निष्कृय कर्जाको व्यवस्थापन गर्न, दबाबमा रहेका कर्जाको पुनरुत्थान गर्न, संस्थाको सबलताका आधारमा सेयर धितो कर्जा सीमा निर्धारण हुने एवम् सार्वजनिक सवारीका रुपमा प्रयोग हुने ठूला विद्युतीय सवारीसाधनको कर्जा मूल्य अनुपात सहजीकरण हुने गरी विशेष नीतिगत व्यवस्था गरिनेछ,’ मौद्रिक नीतिमा उल्लेख छ।