BIZMANDU
www.bizmandu.com

मौद्रिक नीतिअघि सेयर बजार : वाणिज्य बैंकले बढाए सूचक, ४.४० अर्बको कारोबार

२०८३ असार २३

मौद्रिक नीतिअघि सेयर बजार : वाणिज्य बैंकले बढाए सूचक, ४.४० अर्बको कारोबार
मौद्रिक नीतिअघि सेयर बजार : वाणिज्य बैंकले बढाए सूचक, ४.४० अर्बको कारोबार


काठमाडौं। आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरिनुअघि सेयर बजार बढेको छ। नेप्से परिसूचक मंगलबार दोहोरो अंकले उकालो लागेको छ।

Tata
GBIME
Nepal Life

कारोबार खुलेदेखि उचारचढाव देखिएको बजारमा वाणिज्य बैंक सेयर मूल्य बढ्दा इन्डेक्समै प्रभाव देखिएको हो। नेपाल राष्ट्र बैंकले मंंगलबार आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति जारी गर्दैछ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सर्तसहित अप्ठेरोमा परेका बैंक तथा वित्तीय संस्थालाई हकप्रदको बाटो खोल्न लागेको छ।

मंगलबार सूचक २५.५७ अंक बढेर २६५१.६८ विन्दुमा पुगेको छ। ट्रेडिङको सूचक १.८९ र वाणिज्य बैंकको सूचक १.५२ प्रतिशतले बढेको छ। सूचीकृत १९ मध्ये १८ वटा वाणिज्य बैंकको सेयर मूल्य बढेको छ।

यसअघि लगातार दुई दिन ओरालो लागेको बजारमा मंगलबार कारोबार समेत बढेको छ। बजारमा २१० कम्पनीको सेयर मूल्य उकालो लाग्दा कालंगा हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

५७ कम्पनीको भाउ घटेको छ। आत्मनिर्भर लघुवित्तको सबैभन्दा धेरै १३.७८ प्रतिशतले सेयर मूल्य घटेको छ। सोमबार ३ अर्ब ५५ करोड रुपैयाँको सेयर किनबेच भएकामा मंगलबार ४ अर्ब ४० करोड ७ लाख रुपैयाँको कारोबार भएको छ।