BIZMANDU
www.bizmandu.com

पुँजी बजार विकास मार्गचित्र जारी गर्ने तयारीमा सेबोन, अध्यक्ष भट्टले लिए सुझाव

२०८३ असार २३

पुँजी बजार विकास मार्गचित्र जारी गर्ने तयारीमा सेबोन, अध्यक्ष भट्टले लिए सुझाव
पुँजी बजार विकास मार्गचित्र जारी गर्ने तयारीमा सेबोन, अध्यक्ष भट्टले लिए सुझाव


काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले पुँजी बजार विकास मार्गचित्र जारी गर्ने भएको छ। सेबोनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र पुँजी बजार विकास मार्गचित्रका लागि सरोकारवालासँग सुझाव लिएको छ।

Tata
GBIME
Nepal Life

सेबोन अध्यक्ष डा. गोपाल भट्टले नेपाल स्टक एक्सचेन्ज, सीडीएससी, धितोपत्र व्यवसायी, मर्चेन्ट बैंकर, ब्रोकर, क्रेडिट रेटिङ एजेन्सी र लगानीकर्तासँग सुझाव लिएका हुन्।

सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ मा वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश विषयलाई आधार मानेर भट्टले सुझाव लिएका छन्।

सेबोनले पुँजी बजार विकास मार्गचित्रसहितका कानुनी, संरचनागत, नियामकीय, प्रविधिमैत्री पुँजी बजार विकासको नीति, कार्ययोजना एवम् तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका योजना ल्याउने तयारी गरिरहेको जनाएको छ।

भट्टले बजार विकास र लगानीकर्ताको हित संरक्षणमा प्राप्त सुझावलाई लिपिबद्ध गर्दै आगामी कार्ययोजनामा समावेश गर्ने र पुँजी बजार विकास मार्गचित्रसहितको योजना सार्वजनिक गर्ने बताए।