BIZMANDU
www.bizmandu.com

हकप्रद सेयर जारी गर्न दिने पक्षमा राष्ट्र बैंक, मौद्रिक नीतिमा घोषणा गर्दै गभर्नर

२०८३ असार २३

हकप्रद सेयर जारी गर्न दिने पक्षमा राष्ट्र बैंक, मौद्रिक नीतिमा घोषणा गर्दै गभर्नर
हकप्रद सेयर जारी गर्न दिने पक्षमा राष्ट्र बैंक, मौद्रिक नीतिमा घोषणा गर्दै गभर्नर

काठमाडौं। नेपाल राष्ट्र बैंकले हकप्रद सेयरलाई खुला गर्ने भएको छ। आगामी आर्थिक बर्षको मौद्रिक नीतिमार्फत हकप्रद सेयरलाई सर्तसहित खुला गर्न लागिएको हो।

Vigo
GBIME
Tata

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि हकप्रद जारी गर्ने बाटो दिन लागेको हो।

अप्ठेरोमा परेका, ऋण बिस्तार गर्न नसकेका, पुँजी कोष कमजोर भएका संस्थाहरुलाई हकप्रद सेयर जारी गर्न दिने ब्यवस्था मिलाउन लागेको हो।

राष्ट्र बैंकको सञ्चालक समितिको बैठक अहिले बसिरहेको छ। बैंठकमा हकप्रद सेयरका बारेमा छलफल भइसकेको छ। बाँकी बिषयका बारेमा छलफल जारी छ।