BIZMANDU
www.bizmandu.com

कोपेन्हेगन सन् २०२६ मा पनि ‘लिभएबल सिटी’, प्रमुख १० बस्नयोग्य सहर कुन कुन?

२०८३ असार २३

कोपेन्हेगन सन् २०२६ मा पनि ‘लिभएबल सिटी’, प्रमुख १० बस्नयोग्य सहर कुन कुन?
कोपेन्हेगन सन् २०२६ मा पनि ‘लिभएबल सिटी’, प्रमुख १० बस्नयोग्य सहर कुन कुन?


डेनमार्कको राजधानी कोपेन्हेगनले लगातार दोस्रो वर्ष विश्वकै सबैभन्दा बस्नयोग्य सहर (लिभएबल सिटी) बनेको छ। गत वर्ष भियनालाई उछिन्दै कोपेन्हेगनले यो स्थान पाएको थियो।

Vigo
GBIME
Tata

इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले सार्वजनिक गरेको सन् २०२६ को ‘ग्लोबल लिभएबिलिटी इन्डेक्स’ मा कोपेनहेगन शीर्ष स्थानमा रहेको छ।

विश्वभरका १७३ सहरहरुमा स्वास्थ्य सेवा, संस्कृति, वातावरण, शिक्षा पूर्वाधार जस्ता प्रमुख पक्षहरूको मूल्यांकन गरेर प्रतिवेदन तयार गरेर सार्वजनिक गरिएको जनाइएको हो।

हरेक वर्ष यस्ता गुणस्तरीय जीवनयापनका आधारमा उत्कृष्ट सहरहरु चयन गरिँदै आइएको छ। यस वर्षको सूचीमा युरोपेली देशहरूको वर्चस्व रहेको छ। साथै, अस्ट्रेलियाका सहरहरुको उपस्थिति बलियो देखिएको छ।

यस सूचीमा एसियाबाट जापानका दुई सहरहरु ओसाका र टोकियो पनि परेको छ।

इकोनोमिस्ट इन्टेलिजेन्स युनिटका अनुसार सन् २०२६ का विश्वका १० सबैभन्दा बस्नयोग्य सहरहरु

१. कोपेन्हेगन (डेनमार्क)

२. भिएना (अस्ट्रिया)

३. मेलबर्न (अस्ट्रेलिया)

४. सिड्नी (अस्ट्रेलिया)

५. जुरिच (स्विट्जरल्याण्ड)

६. जेनेभा (स्विट्जरल्याण्ड)

७. ओसाका (जापान)

८. एडिलेड (अस्ट्रेलिया)

९. भ्यानकुभर (क्यानाडा)

१०. टोकियो (जापान)

गत वर्ष टप १० मा परेको न्यूजिल्याण्डको अकल्याण्ड यसपटक सूचीबाट बाहिरिँदा टोकियोले प्रवेश पाएको हो।