काठमाडौं। एनआइसी एशिया बैंकले भक्तपुरको बालकोटस्थित बाल विनय आधारभूत विद्यालयलाई ल्यापटप र कम्प्युटर सहयोग गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीको पठनपाठनलाई सहज बनाउन भन्दै ल्यापटप र डेस्कटप कप्युटर प्रदान गरेको हो।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रन्जन खड्का र काठमाडौं पूर्वका सर्कल हेड गणेश पौडेलले विद्यालय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनार्दन खड्का र प्रधानाध्यापक सविना राजभण्डारीलाई सोमबार एक थान ल्यापटप र ३ थान डेस्कटप कम्प्युटर हस्तान्तरण गरे।
विद्यालयमा हाल १७० विद्यार्थी अध्ययनरत छन्।